बिहीबार , साउन २१ गते २०८३

दुई वर्षपछि दुई तिहाइका साथ सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

दुई वर्षपछि दुई तिहाइका साथ सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • दुई वर्षपछि दुई तिहाइका साथ सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावपछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबार फर्किने बताएका छन्। झापाको बिर्तामोडमा क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अब हुने निर्वाचनमा जनताले फेरि दुई तिहाइ मत दिने जिकिर गरेका हुन्।

    उनले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती पनि दिए। ‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’

    सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय आफूलाई स्वीकार्य रहेको उनले बताए। ‘अदालतले प्रतिनिधिसभा ब्युँत्याउँदैमा के भयो, प्रधानमन्त्रीको हैसियतले अदालतको फैसला मान्ने हो,’ उनले भने,‘२३ गतेदेखि संसदको अधिवेशन सुरु हुँदैछ, प्रतिनिधिसभा चलाउन मेरो नकारात्मक भूमिका हुँदैन।’

    कतिपयलाई अरुका लागि कम्फर्टेबल सरकार चाहिए पनि आफूलाई नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिएको ओलीले बताए। ‘हामी नेपाल र नेपालीका लागि काम गर्छौं,’ उनले भने, ‘हामी सबैसँग मित्रता र सहयोग राख्छौं, अरूलाई खुसी पार्ने कुरा हाम्रो हैन, सुखी नेपाली बनाउने कुरा हाम्रो हो।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार