बिहीबार , साउन २१ गते २०८३

स्वास्थ्य परीक्षण पछि फर्किए डा. बाबुराम भट्टराई

स्वास्थ्य परीक्षण पछि फर्किए डा. बाबुराम भट्टराई

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • स्वास्थ्य परीक्षण पछि फर्किए डा. बाबुराम भट्टराई

    जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन्। उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी उपचारपछि स्वदेश फर्किएका हुन्। न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए।

    बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन्। तर, दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन्। उनले डा‍. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए। तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको सुझाव छ। भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार