बिहीबार , साउन २१ गते २०८३

केपी ओली सडकमा पछारिने दिन धेरै टाढा छैन : नेपाल

केपी ओली सडकमा पछारिने दिन धेरै टाढा छैन : नेपाल

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • केपी ओली सडकमा पछारिने दिन धेरै टाढा छैन : नेपाल

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली अब सडकमा पछारिने दिन धेरै टाढा नरहेको बताएका छन्। शनिवार खोटाङका काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा अध्यक्ष नेपालले अबको केही दिनेमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफूहरूले पाउने र त्यसपछि ओलीको कन्तबिजोग हुने बताए।

    ‘अब केही हप्ताभित्र नै नेपाल कम्युनिस्ट पार्टी र सूर्य चुनाव चिन्ह कसको हो भन्ने फैसला हुन्छ,’ उनले भने, ‘केपी ओली सडकमा पछारिने छन्, बिचराको कन्तबिजोग हुनेछ।’ नेपालले यो पहिल्यै हुनु पर्ने भए पनि अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समाधान हुन नदिएको आरोप लगाए।

    उनले राज्यका संवैधानिक निकायहरूले कानुनसम्मत रूपमा गर्ने कामलाई अनेक ढङ्गबाट प्रभावित पार्ने कोसिस भए पनि ओलीको पक्षमा राम्रो संकेत नभएको बताए। उनले यसको सुरुवात सर्वोच्चको फैसलाबाट भइसेको दाबी गरे।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार