बिहीबार , साउन २१ गते २०८३

म वेटिङ प्राइममिनिष्टर हो : देउवा

म वेटिङ प्राइममिनिष्टर हो : देउवा

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • म वेटिङ प्राइममिनिष्टर हो : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।

    शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताए। प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको उनले स्पष्ट पारे।

    ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन,’ देउवाले भने। नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उनको भनाई छ। ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं’ देउवाले भने, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रचण्ड-नेपाल समूहले कांग्रेसको साथमा अविश्वासको प्रस्ताव ल्याउने र देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने योजना बनाएको छ। तर कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

    सरकारको विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको धारणा राखेका हुन्। सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक-फरक धारणा आइरहेका छन्। अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्। कांग्रेस सभापति देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्।

    देउवाले बिहीबार पदाधिकारी, पूर्वपदाधिकारीसहित संसदीय दलको बैठकमा पनि सत्ता समीकरणबारे निर्णय गर्नुपर्ने बेला आइनसकेको बताएका थिए। उनले बैठकको सुरुमै सांसदहरूलाई सत्ता समीकरणकाबारे नभई प्रतिपक्षी दलका रूपमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्न आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार