बिहीबार , साउन २१ गते २०८३

ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन : उपेन्द्र यादव

ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन : उपेन्द्र यादव

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन : उपेन्द्र यादव

    जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा विवाद समाधान गर्न निर्वाचन आयोगले सक्रियता देखाउनु पर्ने बताएका छन्। पार्टी निकट प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्न नहुने बताए।

    दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने बताए। उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए। उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन।’ उनले आयोगले देशलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे।

    अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार