बिहीबार , साउन २१ गते २०८३

ओलीलाई नेपालले भने- ‘तपाईंका फुर्ती देखाउने दिन गए, राजीनामा दिएर थोरै नैतिकता देखाउनुस्’

ओलीलाई नेपालले भने- ‘तपाईंका फुर्ती देखाउने दिन गए, राजीनामा दिएर थोरै नैतिकता देखाउनुस्’

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • ओलीलाई नेपालले भने- ‘तपाईंका फुर्ती देखाउने दिन गए, राजीनामा दिएर थोरै नैतिकता देखाउनुस्’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘धेरै फुर्ती नदेखाउनुहोस् । तपाईंका फुर्ती देखाउने दिन गए ।’

    उनले आफूहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन सुझाव दिए । उनले भने, ‘केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस् । नभए इतिहासमा तपाईं सधैंभरी कलंकित मात्रै हुनुहुनेछ ।’

    उनले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्‍याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे ।

    सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनले टिप्पणी गरे ।

    उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए । उनले भने, ‘कसैले पनि कर्के आँखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओलीसँग अझै पनि अलमलिएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार