बिहीबार , साउन २१ गते २०८३

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताएका छन्। शनिबार पेरिसडाडाँमा विप्लवसँग असन्तुष्ट कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।उनले नेत्रविक्रम चन्द आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाइ दिए।

    प्रचण्डले विप्लवलाई आफूले बुझेको र चिनेको बताए। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी समेत व्यक्त गरे। प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको बताए। उनले प्रतिगमनविरूद्धको शान्तिपूर्ण जनयुद्धमा आफूहरू विजयी भएको समेत बताए।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको बताए। कम्युनिष्ट आन्दोलन विज्ञानसम्मत दृष्टिकोण र वैज्ञानिक मान्यतामा आधारित हुनेभन्दै कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन नभएको प्रचण्डले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार