बिहीबार , साउन २१ गते २०८३

सरकारले उधुमै काम गरेको देखिसहेनन् : प्रधानमन्त्री ओली

सरकारले उधुमै काम गरेको देखिसहेनन् : प्रधानमन्त्री ओली

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • सरकारले उधुमै काम गरेको देखिसहेनन् : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मेलम्चीको पानी ल्याउने लामो सपना पूरा भएको बताएका छन्। शनिवार साँझ सुन्दरीजलमा आयोजित मेलम्ची खोलाको पानी सुन्दरीजल झार्ने कार्यक्रममा ओलीले काठमाडौं बासीका लागि अब काठमाडौंमा पानी आयो भन्ने प्रत्याभूति भएको र केही समयपछि वितरण गरिने बताए।

    २६ गतेसम्म बागमतीमा अलि फोहोर पानी बगे पनि २७ गते शिवारात्रीका दिन सफा पानीले नुहाउन पाइने उनले बताए। पानी थोरै थोरै छोडेर पाइप परिक्षण गर्दै जान पनि उनले आग्रह गरेका छन्। उनले प्रचण्ड, माधव नेपाललाई ब्यङ्ग्य गर्दै आजको दिन जस्तोमा पो लड्डु खानुपर्ने बताउँदै घर घरमा गएर दिपावली गर्नु र लड्डु खान आग्रह गरे।

    उनले सरकारले तीब्रताका साथ काम गरेको, शिल्यान्यास गरेको गर्यै गरेको, सुरुङमार्ग धमाधम बनिरहेको उल्लेख गर्दै सरकारको काम मन नपराउनेहरुले अवरोध सिर्जना गरेको बताए। उनले भने, ‘एक थरीले त यो सरकारले अचम्मै गर्न लाग्यो, काठमाडौंमा पानी झारेको पनि छ, राजमार्ग चौडा पनि गरेको छ, सुरुङपनि खनेको छ, बाटो सोझोपनि गरेको छ।

    रेल कुदाउँछु भनेको, रेल किनेर ल्याएको छ अब उधुम गर्न लाग्यो यो सरकारले भनेर खेदो खनेको छ। यो सरकारलाई ढाल्नै प¥यो भनेर हाम्रै पार्टीका हौं भन्ने केही काँग्रेसका दायाँबायाँ औठाछाप लगाएर निवेदन हाल्न गएका छन्। एक हल भएर निवेदन हाल्न गएका छन्। यो केपी ओलीले त उधुमै ग¥यो हटाउँ यसलाई। यसलाई हटाउनका लागि कमसेकम तपाईहरुले नेतृत्व लिइदिनुप¥यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ, १ सय १६ सिट जितेको पार्टी भत्काउने, २३ सिट जितेको कांग्रेसलाई लौन प्रभू नेतृत्व गरिदिनुपर्ने भनेका छन् । यो जनताको आदेश हो ?’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार