बिहीबार , साउन २१ गते २०८३

सांसदहरूलाई ओलीको आश्वासन : ढुक्क हुनुस्, जित हाम्रै हुन्छ

सांसदहरूलाई ओलीको आश्वासन : ढुक्क हुनुस्, जित हाम्रै हुन्छ

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • सांसदहरूलाई ओलीको आश्वासन : ढुक्क हुनुस्, जित हाम्रै हुन्छ

    नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ। भोलि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई लिएर प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका थिए।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी गरिएको छन्। बैठकमा ११५ जनाभन्दा बढी सांसद उपस्थित भएको ओली समूहको दाबी छ। राष्ट्रियसभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएका थिए।

    बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो समूहको जित हुनेमा ढुक्क भएर अगाडि बढ्न नेताहरूलाई आग्रह गरेका छन्। बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै भट्टराईले भने, ‘भोलि यो संख्या बढ्दै जान्छ, १२०, १३० हुँदै जान्छ, चिन्ता नगर्नुस्। देश र जनताको पक्षमा उत्साहजनक हिसाबले अगाडि बढौं। जित हाम्रै हुन्छ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार