बिहीबार , साउन २१ गते २०८३

केपी ओलीले आफ्नै लागि खाडल खने : सोमनाथ सापकोटा

केपी ओलीले आफ्नै लागि खाडल खने : सोमनाथ सापकोटा

अखबार दैनिक
शनिबार, फागुन २२ २०७७
  • केपी ओलीले आफ्नै लागि खाडल खने : सोमनाथ सापकोटा

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका गुल्मी जिल्ला अध्यक्ष सोमनाथ सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देश, जनता र कम्युनिस्ट आन्दोलनलाई मात्र नभई आफ्नो लागिसमेत खाडल खनेको आरोप लगाएका छन्।

    शनिबार नेकपा मुसिकोट नगर कमिटीले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सापकोटाले प्रधानमन्त्री ओलीबाट पुस ५ प्रतिनिधिसभा विघटन सिफारिस भएसँगै प्रतिनिधिसभा र संविधानलाई खाडलमा हाल्ने काम भएको बताए। यद्यपि सर्वोच्च अदालतले प्रधानमन्त्रीको सो कदमलाई असंवैधानिक करार दिइ सच्याएको उनको भनाइ थियो।

    मुसिकोट नगरपालिकाका मेयरसमेत रहेका सापकोटाले सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता कायम रहनसक्ने सम्भावना रहे पनि त्यो अवसरसमेत प्रधानमन्त्रीले गुमाइसकेको बताए। सो पार्टीका प्रदेश कमिटी सदस्य युवराज केसीले पूर्वएमालेहरुलाई केपी ओलीले प्रचन्ड-माधवको पार्टी माओवादीको हो भनेर भ्रम छर्ने अनि अर्कोतिर आफुले बादलहरुलाई लगेर पनि नपुगेर अब विप्लवहरुलाई समेत आफ्नो समूहमा लैजान थालेको आरोप लगाए ।

    अब केपी ओलीको बेइमानी र झुटको खेती धेरै दिन नटिक्ने भन्दै उनले कार्यकर्ताहरुलाई ढुक्क भएर प्रचन्ड-माधव नेतृत्वको ‘संस्थापन पक्ष’मा लाग्न आग्रह गरे। कार्यक्रममा अर्का प्रदेश कमिटी सदस्य गणेश विश्वकर्मा, जिल्ला पार्टी कार्यालय सदस्य हिरा एसी, गणेश श्रीपाली लगायतका वक्ताले केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई नै धोका दिएको आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार