बिहीबार , साउन २१ गते २०८३

सरकार अल्पमतमा पर्‍यो, विस्वासको मत वा राजिनामा दिनुपर्छ : कमल थापा

सरकार अल्पमतमा पर्‍यो, विस्वासको मत वा राजिनामा दिनुपर्छ : कमल थापा

अखबार दैनिक
आइतबार, फागुन २३ २०७७
  • सरकार अल्पमतमा पर्‍यो, विस्वासको मत वा राजिनामा दिनुपर्छ : कमल थापा

    राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताएका छन्। आइतबार नेकपा सम्बन्धि सर्वोच्च अदालतले फैसला गरेपछि अध्यक्ष थापाले सो कुरा बताएका हुन्। आज सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको रहेको भन्दै फैसला गरेको छ। सो निर्णयपछि राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताउदै राजीनामा दिने वा विश्वासको मत लिने अवस्थामा पुगेको बताएका हुन्।

    थापाले यस अवस्थामा अपवित्र गठवन्धन बनाएर सरकार बनाउन अस्विकार गरी काँग्रेसले नयॅा चुनावको बाटो खोलिदिनुपर्ने पनि बताएका छन्। अदालतले विद्यमान राजनीतिक संकट र गतिरोध अन्त्यको बाटो देखाईदिएको बताउदै उनले अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक रहेको बताए।

    उनले भनेका छन् – नेकपा सम्वन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्रि नेतृत्वको सरकार अल्पमतमा परेको छ।अब प्रधानमन्त्रिले संसदमा बिश्वासको मत लिनुपर्छ वा राजिनामा दिनुपर्छ। यस अवस्थामा अपवित्र गठवन्धन बनाएर सरकार बनाउन अस्विकार गरी कंग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्छ। निवेदकको मागमा मात्र सिमित नरही ‘न्यायिक सक्रियता’को आधारमा सर्वोच्च अदालतले विद्यमान राजनीतिक संकट/गतिरोध अन्त्यको बाटो देखाईदिएको छ।

    अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक छ।नेपाली कंग्रेस निर्णायक स्थानमा छ-अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयॅा चुनावमा जाने। ताजा जनादेश विना कंग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन वा अरुलाई सरकार बनाउन सहयोग नगर्ने हो भने संविधानको धारा ७६(७) बमोजिम स्वत: नयॅा चुनावमा जाने अवस्था बन्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार