बिहीबार , साउन २१ गते २०८३

पेरिसडाँडामा सुरुभयो प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक

पेरिसडाँडामा सुरुभयो प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • पेरिसडाँडामा सुरुभयो प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक

    एकीकृत नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बसेको हो।

    सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो पक्षले बैठक बोलाएको हो। हिजो नै प्रचण्ड-नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो।

    स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन्। पार्टी प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र पार्टी नीतिका सम्बन्धमा बैठकबाट निर्णय लिइने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार