बिहीबार , साउन २१ गते २०८३

माओवादी केन्द्रसंग सहकार्य जारी रहन्छ :माधवकुमार नेपाल

माओवादी केन्द्रसंग सहकार्य जारी रहन्छ :माधवकुमार नेपाल

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • माओवादी केन्द्रसंग सहकार्य जारी रहन्छ :माधवकुमार नेपाल

    माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन्। उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए। बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवशयक रहेको बताउँदै उनले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकताान्त्रिक शक्तिलाई साथमा लिएर सहकार्य जारी रहनेछ।’

    प्रचण्ड-नेपाल समूहको बैठकपछि माधव नेपालले निकै भने, ‘पार्टी नै फरक फरक भएपनि हाम्रो हृदय नै विशाल छ सबैलाई समेटेर लैजाने छाैँ।’ सर्वोच्च आदालतको फैसालाले यो अवस्था श्रृजना गरेको भन्दै उनले भने फैसालाको बारेमा सुनेका हौँ त्यसमा छलफल भैरहेको छ।

    आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए। अदालतको फैसलासँग निर्वाचनको पत्र पनि अध्ययन गर्ने उनले बताउँदै भने, ‘फैसला कार्यावन्यनमा जान जटिल छ। अहिले हामी फैसलालाई मानेर नै अघि बढ्ने हो। तर, पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भने पूर्व माओवादीको नाममा पनि अर्को दल दर्तामा रहेको सुन्नमा आएको छ यो कसरी समाधान होला ?’

    फैसला कार्यावन्यनको लयमा जान्छ कि जाँदैन हेर्न जरुरी छ। बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन्। उनीहरुले त्यहीँ भित्र रहेर केपी ओलीविरद्ध संघर्ष गर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार