बिहीबार , साउन २१ गते २०८३

पूर्वमाओवादी मन्त्रीहरु माओवादी केन्द्रमा फर्किने सोचमा छैनन् : मणि थापा

पूर्वमाओवादी मन्त्रीहरु माओवादी केन्द्रमा फर्किने सोचमा छैनन् : मणि थापा

अखबार दैनिक
मंगलबार, फागुन २५ २०७७
  • पूर्वमाओवादी मन्त्रीहरु माओवादी केन्द्रमा फर्किने सोचमा छैनन् : मणि थापा

    केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने बताएका छन्। खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताएका हुन्। तर, अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन्।

    वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन्।

    खानेपानीमन्त्री मणि थापाले भने, ‘सरकारमा रहेका कुनै पनि पूर्वमाओवादी मन्त्रीहरु पूर्वमाओवादीमा फर्किने सोचमा छैनन्। ‘सबैले राजनीतिक निर्णय लिनुभएको हो सायद त्यसैमा रहनुहुन्छ।’

    मन्त्री थापाले सर्वोच्चले नेकपा फुटाएको भन्दै उक्त फैसलालाई मान्नुको विकल्प नरहेको बताए। मन्त्री थापाले आफूहरुले नेकपाभित्रको अन्तरसंघर्षमा केपी ओलीलाई समर्थन गरेको बताए। राजनीतिक समर्थनलाई अदालतको फैसलाले तलमाथि नगर्ने मन्त्री थापाले बताए।

    सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल पक्ष एमालेमै फर्किने निर्णयमा पुग्यो। प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार