बिहीबार , साउन २१ गते २०८३

लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने

लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने

अखबार दैनिक
मंगलबार, फागुन २५ २०७७
  • लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने

    लोक सेवा आयोगहरूको पहिलो राष्ट्रिय सम्मेलनले आयोगका अध्यक्ष र सदस्यहरूको मर्यादाक्रम पुनरावलोकन गर्न माग गरेको छ ।

    सरकारले २०७६ वैशाख १६ गते निर्धारण गरेको लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरूको मर्यादाक्रममा सम्मेलनले असहमति जनाउँदै प्रचलित कानुनी व्यवस्था, नियुक्ति र बर्खास्तको प्रक्रिया तथा वहन गर्नुपर्ने जिम्मेवारी समेतलाई दृष्टिगत गरी मर्यादाक्रम पुनरावलोकन गर्न माग गरेको हो ।

    सम्मेलनले प्रत्येक वर्ष फागुन २३ गतेका दिन लोक सेवा आयोगहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्नेसमेत निर्णय गरेको छ ।

    प्रादेशिक संरचनाअनुसार प्रदेश लोक सेवा आयोग स्थापनापछि लोक सेवा आयोगको ‘प्रथम राष्ट्रिय सम्मेलन’ सोमबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । सो सम्मेलनले विभिन्न ७ बुँदे निर्णयहरू गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार