बिहीबार , साउन २१ गते २०८३

नेपाल पक्षसँगकाे छलफलकाे लागि पार्टी कार्यालय धुम्बाराही पुगे ओली

नेपाल पक्षसँगकाे छलफलकाे लागि पार्टी कार्यालय धुम्बाराही पुगे ओली

अखबार दैनिक
सोमबार, चैत २ २०७७
  • नेपाल पक्षसँगकाे छलफलकाे लागि पार्टी कार्यालय धुम्बाराही पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता शुरु भएको छ।

    वार्तामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र उनको पक्षबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली छन्। यस्तै, नेता नेपालसहित उनको पक्षबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकणर् विष्ट वार्तामा सहभागी छन्। सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिक अनुसारै अलग अलग पार्टी रहने फैसला सुनाएको थियो।

    सर्वोच्चको उक्त फैसला पछि ब्यूँतिएको एमालेमा आन्तरिक विवाद झन चुलिएको छ। सर्वोच्चको फैसला पछि शुक्रबार अध्यक्ष ओलीले आफू र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेपछि झलनाथ खानल र माधव नेपाल समूहले समानान्तर समिति गठन गरेको छ।

    विभाजनकै स्तरमा पुग्नेगरी आन्तरिक विवाद चुलिए पछि दोस्रो तहका नेताहरुले नेता नेपाल र अध्यक्ष ओलीबीच वार्ता गराउने प्रयास थालेका थिए। अध्यक्ष ओली पक्षका नेताहरुले नेपाल पक्षलाई वार्ताका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएको थियो। तर, नेपालले बालुवाटार नआउने भनेपछि ओली धुम्बाराही पुगेका हुन्।

    शुक्रवार ओलीले आफ्नो समूहको बैठक राखेर नेपाल समूहका नेतालाई पदमुक्त गरेका थिए। नेपाल समूहले भने चैत ४ र ५ गतेका लागि भेला बोलाएको छ। ओलीले पनि चैत ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार