बिहीबार , साउन २१ गते २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै : अध्यादेश पेश होला ?

प्रतिनिधिसभाको बैठक आज बस्दै : अध्यादेश पेश होला ?

अखबार दैनिक
मंगलबार, चैत ३ २०७७
  • प्रतिनिधिसभाको बैठक आज बस्दै : अध्यादेश पेश होला ?

    प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन्।

    बैठकको सूची तय गर्न सोमबार बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन्। कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानून मन्त्री नै अध्यादेश पेश गर्न तयार नभएको बताइएको छ।

    दफा ९३ लाई निलम्बन गरेर आजको बैठकमा अध्यादेश पेश गर्नेबारे कुरा उठे पनि कानूनमन्त्री लीला श्रेष्ठले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएपछि त्यसबारेमा कुनै निर्णय नभएको हो।

    संसद नचलेको अवस्थामा सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने थियो।

    तर सो दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मात्रै पेश भएको थियो। उक्त अध्यादेशविरुद्ध तीनवटा विरोधका सूचना दर्ता भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार