बिहीबार , साउन २१ गते २०८३

ओलीको चियापान कार्यक्रम नेपाल समूहद्वारा बहिष्कार

ओलीको चियापान कार्यक्रम नेपाल समूहद्वारा बहिष्कार

अखबार दैनिक
मंगलबार, चैत ३ २०७७
  • ओलीको चियापान कार्यक्रम नेपाल समूहद्वारा बहिष्कार

    नेकपा एमालेको माधव–झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ। बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो।

    सोहि भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

    मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरेपनि माधव समूहका नेताहरु नजाने भएका छन् । ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान शीर्ष नेताहरुले निर्देशन दिएका छन्।

    पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेकाले माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरेको हो। नेपाल पक्षले ओलीसँग फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए।

    ओलीले भने नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाउने, केन्द्रीय समिति बैठकका विषयमा साझा सहमति बनाएर जान प्रस्ताव गरेका थिए।

    ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी दाहालसँग मिलेर नेपाल पक्षले कार्य गरे पनि अदालतको फैसलाले मात्र राजनीति जोगिएको भन्दै त्यसमा आफूले ती गल्तीको रियलाइजेसनको अपेक्षा गरिएको बताएका थिए। अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार