बिहीबार , साउन २१ गते २०८३

खनाल-नेपाल पक्षले बोलायो सांसदहरूको छुट्टै बैठक

खनाल-नेपाल पक्षले बोलायो सांसदहरूको छुट्टै बैठक

अखबार दैनिक
बिहीबार , चैत ५ २०७७
  • खनाल-नेपाल पक्षले बोलायो सांसदहरूको छुट्टै बैठक

    नेकपा एमालेका नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले आफू निकटका सांसदहरूको बैठक बस्दैछ। बिहीबार बिहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा ११ बजे बैठक बोलाएको नेपाल निकट नेता विष्णु रिजालले इकागलाई जानकारी दिए।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा संसदीय बैठक बोलाएपछि नेपाल पक्षले पनि बैठक बोलाएको हो। नेपालपक्षले यसअघि नै बालुवाटार बैठकमा नजाने घोषणा गरिसकेको छ। बैठकमा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजान सांसदहरुलाई निर्देशन दिइने बताइएको छ।

    ‘सांसदहरू जम्मा हुने क्रम जारी छ’ नेता रिजालले भने ‘१० बजे भनिएको थियो केही सांसदहरू आउन ढिला हुने भएकाले ११ बजेदेखि बैठक सुरु हुन्छ।’ अब के कसरी अघि बढ्‍ने र पछिल्‍लो राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुने नेता रिजालले बताए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बालुवाटारमा ११ बजे बोलाएका छन्। ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल पक्षका सांसद नजाने नेता रिजालले जानकारी दिए। वरिष्ठ नेता खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा जारी छ।

    भेलामा वरिष्ठ नेता नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्। उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ। आ-आफ्नो समूह छलफल गरी टोली नेतामार्फत बिहीबार सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने आजको कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार