बिहीबार , साउन २१ गते २०८३

सिहंदरबारमा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

सिहंदरबारमा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

अखबार दैनिक
मंगलबार, चैत १० २०७७
  • सिहंदरबारमा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सिहंदरबारमा रहेको संसदीय दलको कार्यालयमा बसिरहेको छ। यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो।

    साढे आठ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने भएको छ। माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

    फागुन २९ मा बसेको स्थायी समिति बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। साथै नेकपा एमालेको केपी ओली पक्षले फागुन २८ मा विस्तार गरेको केन्द्रीय समितिमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो।

    तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ। गृहमन्त्री रामबहादुर थापालगायत ७ मन्त्रीसहित २३ नेता एमालेमा गएका छन्। जसलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार