बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरु बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरु बालुवाटारमा

अखबार दैनिक
मंगलबार, चैत १० २०७७
  • प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरु बालुवाटारमा

    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन्। महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन्।

    ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको जानकारी दिए। सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन।

    सो पार्टीले आफ्ना माग पूरा भए पछिमात्र सत्ता साझेदारीका लागि आवश्यक निर्णय लिने बताउँदै आएको छ। रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ।

    जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए।

    सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा जसपा नेपालले एमालेसँग मिलेर सत्ता साझेदारी गर्ने वा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने भन्ने दुवै विकल्पलाई अहिलेसम्म खुला राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार