बिहीबार , साउन २१ गते २०८३

‘पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं '

‘पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं '

अखबार दैनिक
मंगलबार, चैत १० २०७७
  • ‘पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं '

    एमाले नेता माधवकुमार नेपालले आफू एकताकै पक्षमा रहेको बताएका छन् ।

    मंगलबार नेपाल पक्षको आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पार्टी विभाजन गर्ने पक्षमा रहे पनि आफू एकताकै पक्षमा रहेको बताए ।

    ‘हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी फुटाउने छैनौं । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । हामी एकताको पक्षमा छौं,’ नेपाले भने ।

    उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको पनि बताएका छन् ।

    पर्टीकै एक नेताले ओलीसँग मिल्न उनले जे–जे भन्नछन् सहेर बस्न सुझाव दिएको प्रसंग निकाल्दै नेपालले भने, ‘के त्यहि बाटोमा हामी जाने हो ? घुँडा टेक्ने बाटोमा हामी जाने हो ? आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन । त्यसकारण केपी ओलीको कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं ।’

    ओली पक्षले सोधेको स्पष्टिकरणले आफूहरु मैदान छाडेर नभाग्ने र पार्टी पनि नफुटाउने उनले बताए । ‘एक जनाले भन्नु भयो, कमरेड मञ्चमा बस्दा अनुहार अलि उज्यालो बनाउनुस् न, मुसुक्क हाँस्ने गर्नुस् न । हाँस्ने प्रयत्न गर्दै थिए । यस्तो नपरोस् कि हामी तर्सेका छौं केपी ओलीको कथित स्पष्टिकरणबाट तर्सेका छैनौं ।’

    ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ । अहिले ओलीसँगको लडाइँ पदका लागि नभएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार