बिहीबार , साउन २१ गते २०८३

अपांगता भएका व्यक्तिलाई खोई प्राथमिकता ?

अपांगता भएका व्यक्तिलाई खोई प्राथमिकता ?

अखबार दैनिक
शुक्रबार, वैशाख ३१ २०७८
  • अपांगता भएका व्यक्तिलाई खोई प्राथमिकता ?

    सामान्यतया अपांगता भन्नाले हात खुट्टा वा शरीरका कुनै पनि अङ्ग सामान्यभन्दा केही असाधरण हुनुको स्थितिलाई बुझाउँछ । र त्यस्तो असाधारण स्थिती भएका ब्यक्तिलाई अपाङ्गता भएका ब्यक्ति को रुपमा वर्गीकरण गरिएपनी नवजागरण तथा सामाजिक न्यायमा बहस हुने यस समयमा उनिहरुलाई अलग्गै क्षमता भएको व्यक्तिको रुपमा लिईन्छ ।

    नेपालको कानुन अनुसार शारीरिक अंग वा शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, सास्कृतिक, तथा सञ्चार समेत बाट सिर्जना भएको अवरोध का कारण दैनिक कृयाकलाप सामान्य रुपमा स्वयं आफु सामाजिक जिवनमा पुर्ण रुपमा सहभागी हुन हुने असहज अवस्थालाइ अपाङ्गता भएको मनिनेछ भनि स्पष्ट उल्लेख गरिएको छ ।

    अपांगता भनेको यस्तो अवस्था हो जुन कुनै पनि ब्यक्ति शारीरिक रुपले कमजोर भए पनि उसले अन्य ब्यक्ति सरह सोहि काम फरक ढंगबाट गर्न सक्दछ । अपांगतालाइ कुनै ब्यक्ति विशेष संग जोड्नु मिल्दैन । यो त जो कोहि र जस्तोसुकै शक्तिशाली मानिस माथि पनि हुन सक्छ । त्यसैले हामि व्यक्ति केन्द्रीत होइन बलकी समस्या केन्द्रित हुन आवस्यक छ । शारीरिक रुपमा अस्वास्थ व्यक्तिले पनि स्वास्थ व्यक्ति सरह फरक ढंगले कार्य सम्पादन गर्न सक्ने भएकाले यस्ता ब्यक्तिलाइ फरक क्षमता भएका ब्यक्ति भनिएको हो । तसर्थ यो वाक्यांशले भेदभावको गुन्जाईसलाई पनि न्यूनीकरण गर्दछ ।

    सामान्य समस्या र दैनिक जिवन जिविकोपार्जन गर्दा हुने कठिनाइको आधारमा नेपालको कानुनले अपांगतालाइ ७ भागमा बिभाजन गरिएको छ :

    १. शारीरिक रुपमा पक्षघात, मस्तिष्क पक्षघात, माङ्सपेशि विक्षलन, जोर्नि र मेरुदण्ड सम्बन्धि स्थायी समस्या भएका ब्यक्तिलाइ शारीरिक अपांगता भएका ब्यक्ति मानिन्छ ।

    २. दृष्टि बिहिनता पुरै नदेख्ने जस्तोकि उपचार पछि पनि १० फिटकाे दुरि बाट हातको औला छट्याउन नसक्नुका साथै स्नेलेन चार्टको पहिलो लाइन बाट अक्षर पढ्न नसक्ने वा न्यून दृष्टि बिहिन भन्नाले थोरै देख्ने जस्तो उपचार पछि २० फिटको दुरिमा हातको औंला छट्याउन नसक्ने र चार्टको चौथो लाइन बाट अक्षर चिन्न र पढ्न नसक्ने अवस्था लाइ न्युन दृष्टि बिहिन रहेको मानिन्छ ।

    ३. कानको सुन्ने शक्तिमा समस्या जस्तो पुरै नसुन्ने बुझ्नका लागि साङ्केतिक भाषाको प्रयोग गर्न पर्ने वा अलि अलि सुन्ने तथा सुन्नका लागि कानमा क्षवणयन्त्र राख्न पर्ने र सफा संग बोल्न सक्ने ब्यक्ति लाइ सुनाइ सम्बन्धि अपांगता भएको ब्यक्ति भनिन्छ ।

    ४. आखा पनि नदेख्ने र कान पनि नसुन्ने दुबै समस्या भएका ब्यक्ति लाइ क्षवण दृष्टि बिहिनता भएको ब्यक्ति भनिन्छ ।

    ५. बोल्दा वा कुनै शब्द उच्चारण गर्दा कठिन हुने, बोलि स्पष्ट सुनिने, बोल्दा एउटाै शब्द बारम्बार दोहोरिने अर्थात सामान्य भाषा भन्ने हो भने बोल्दा भक्भकाउने ब्यक्तिलाइ बोलाइ सम्बन्धि अपांगता भएको ब्यक्ति भनिन्छ ।

    ६. मस्तिष्क र मानसिक अंगमा आएको समस्याका कारण स्वस्फूर्त स्मरण शक्तिमा कमि आउनु, भाषा गणना तथा बौद्धिक कार्य सम्पादन गर्न नसक्नु वा उमेर र परिस्थिति अनुसार ब्याबहार गर्न नसक्ने ब्यक्तिलाई मानसिक अपांगता भएको ब्याक्ति भनिन्छ ।

    ७. उमेरको वृद्धि भए संगै कुनै पनि मानिसको बौद्धिक वृद्धि नहुनु र उमेर अनुसार उसले कुनै पनि कार्य गर्न नसक्नु लाइ बौद्धिक अपांगता भएको ब्यक्ति भनिन्छ ।

    मानव अधिकार सम्बन्धि ठुला महासन्धि अन्तर्गत पर्ने यो अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिलाइ पछिल्लो महासन्धिको रुपमा लिइन्छ । १३ डिसेम्बर २००६ मा संयुत्त रास्ट्रसंघको ६१औ महासभाबाट पारित यो महासन्धि नेपालले २७डिसेम्बर २००८ अर्थात् (२०६६ पौष १२) मा अनुमोदन गरिसकेकोले महासन्धिको प्रावधान तथा नेपाल सन्धि ऎन २०४७ को प्रावधान बमोजिम नेपालको यो महासन्धिमा भएका अपांगता भएका ब्यक्तिहरुको अधिकार संरक्षण ,सम्बर्द्धन र कार्यान्वयन गर्ने दायित्व हुन्छ । अपांगता भएका ब्यक्तिहरु लाई पनि मानव अधिकार तथा मौलिक स्वतन्त्रता सम्बन्धि सम्पुर्ण हक अधिकार अन्य ब्यक्ति सरह समान रुपमा उपभोग गर्न सुनिश्चित गरिनु पर्दछ ।

    कुनै पनि साधारण ब्यक्तिले कुनै शुल्क बुझाइ वा निशुल्क रुपमा प्रवेश गर्न पाउने वा उपभोग गर्न पाउने जुनसुकै अधिकार अपांगता भएका ब्यक्तिले पनि अन्य मानिस सरह उपभोग गर्न बाट बन्चित गर्नु हुदैन । अपांगता भएका ब्यक्तिलाइ पनि अन्य ब्यक्ति सरह समानरुपमा आफ्नो परिवार व संरक्षक संग उसले छनौट गरेको बासस्थानमा बस्नबाट रोक लगाउनु हुदैन । अपांगता भएका ब्यक्तिलाइ पनि अन्य ब्यक्ति सरह सम्मान पुर्वक जिवनयापन गर्न तोकिए बमोजिम सहायक सामग्री तथा सामुदायिक सहायता सेवा पाउने अधिकार रहन्छ । अपांगता भएका ब्यक्तिलाइ पारिवारिक संरक्षक वा अन्य ब्यक्ति बाट हुने विभिन्न किसिमका हिंसा, शोषण विरुद्ध को अधिकार सम्बन्धि ब्याबस्था कानुनमा गरिएको छ ।

    नेपाल सरकारले अपांगता भएका ब्यक्तिहरुलाइ आर्थिक सहयोग स्वरुप चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने गरेको छ जस्ले गर्दा अपांगता भएका ब्यक्ति आर्थिक सहयोग हुनुका साथै दैनिकी चलाउन पनि केहि हदसम्म सहज भएको हामि अनुमान गर्न सक्छौ । अपांगता भएका ब्यक्तिलाइ पनि अन्य ब्यक्ति सरह सुचना तथा सञ्चार सम्बन्धि अधिकार रहन्छ । अपांगता भएका ब्यक्तिलाइ सार्बजनिक सञ्चार माध्यमबाट अपांग मैत्री पहुँचयुत्तत्ताको आधारमा उनिहरुले बुझ्ने संकेतिक भाषामा सूचना सुन्ने, सञ्चालन गर्ने र यसकासाथै टेलिफोन ईन्टरनेट लगाएतका सञ्चार सेवा प्रदायक सम्पुर्ण सेवा उपभोग गर्न पाउनु पर्दछ ।अपांगता भएका ब्यक्तिलाइ हाम्रो न्यायलयले पनि अन्य व्यक्ति सरह अपांगता भएका ब्यक्तिलाइ न्यायमा पहुँच पुर्याउनका लागि निशुल्क कानुनि सहायता प्रदान गरेको पाइन्छ ।

    अपांगता भएका ब्यक्तिलाइ अधिकार प्रदान नगरेमा वा हेलां गरेमा कसुर गरेको मानिने वा त्यस्तो गर्ने ब्यक्तिलाइ दण्ड सजायको व्यवस्था हुने भनि अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऎन २०७४को परिच्छेद १२ मा उल्लेख गरेको छ । ५३ कसैलाई पनि जानिजानि वा अन्य कुनै किसिमले अपांगत भएका ब्यक्तिहरुको आत्मसम्मानमा चोट पुग्ने कुनै कार्य वा घृणा, हेलां गर्नु हुदैन ।

    यदि कसैले यस बिपरित कार्य गरेमा वा गराएमा ३ महिना देखि ९ महिना सम्म कैद र तीस हजार देखि नब्बे हजार रुपैयाँ सम्म जरिवाना गरिने व्यवस्था रहेको पाइन्छ । त्यस्तै कुनै पनि ब्यक्तिले अपांगता भएको ब्यक्तिलाइ भिक्षा माग्न लगाउन हुदैन ।भिक्षा माग्न लगाउने कार्य गैरकानुनि मानिन्छ । यदि कसैले भिक्षा माग्न लगाएमा कानुन बमोजिम हुने सजायमा थप ५०० जरिवाना गरिने छ भनि उल्लेख गरेको छ । अपांगता भएका ब्यक्तिहरुको अधिकार हन्नगरेमा वा निजप्रतिको दायित्व पुरा नगरेमा निजलाइ पचास हजार जरिवाना गरिने छ भनि कानुनि व्यवस्था उल्लेख गरेको पाइन्छ ।

    कसैले पनि अपांगता भएका ब्यक्तिलाइ शैक्षिक संस्थामा भर्ना गर्दा,बैंक तथा वितिय संस्था बाट धितो राखि वा नराखि ऋण लिदा वा अन्य बित्तीय कारोबार गर्दा कुनै रोजगारिका लागि छनोट गर्दा वा शुल्क लिइ वा नलिइ सार्बजनिक रुपमा उपलब्ध गराइने कुनै पनि सेवा सुबिधा प्रदान गर्दा अपांगताको आधारमा कुनै पनि ब्यक्तिलाइ निजको परिवारका कुनै सदस्य व संरक्षकले अपांगता भएकै कारण पालनपोषण, खानपान, हेरचाह र सम्पत्ति बांडफांड वा अन्य कार्यमा कुनै प्रकारको भेदभाव गर्नु हुदैन । त्यसो गर्नु मानविय दृष्टिकोणले अमानवीयता हुनुका साथै कानुनि रुपमा गैरकानुनी पनि मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार