बिहीबार , साउन २१ गते २०८३

सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी

सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी

अखबार दैनिक
सोमबार, जेठ १० २०७८
  • सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी

    प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।

    नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको लागि एमालेको नेपाल समूहका ३० सांसदले हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले जानकारी दिए ।

    आइतबार हस्ताक्षर संकलन गरी सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनका सांसदहरु समय अभावका कारण सोमबारमात्रै सर्वोच्च जाने भएका हुन् । आज सर्वोच्च जानुअघि नेकपा एमालेका नेपाललगायतका नेताहरु सिंहदरबारमा भेला भएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार