बिहीबार , साउन २१ गते २०८३

विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति

विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति

अखबार दैनिक
आइतबार, जेठ १६ २०७८
  • विमानस्थलको नाम रवीन्द्र अधिकारी राखिएकोमा योगश भट्टराईले जनाए आपत्ति

    सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरणगर्ने निर्णय गरेको छ। २०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना भई मृत्यु भएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा सरकारले विमानस्थलको नामाकरण गर्ने निर्णय गरेको हो ।

    तर सरकारको यो निर्णयमा नेकपा एमालेका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता योगेश भट्टराईले नै आपत्ति जनाएका छन् । ताप्लेजुङबाट नै सांसद बनेका भट्टराईले विमानस्थल नामकरणको नाम नलिई आपत्ति जनाएका छन्। आइतबार उनले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन् ।

    उनले लेखेका छन्, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ। यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’

    भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बजेट वक्तब्य सार्वजनिक भएलगत्तै सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा आपत्ति जनाएका थिए।

    ‘ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम पो परिवर्तन गरेर रवीन्द्र अधिकारी विमानस्थल राखिएछ। कसरी, कहाँबाट कसलाई, के खाँदा आउँछ हौ यस्तो करोडौंको ठट्टा गर्ने (कु)बुद्धि ! मेरो आदर्श मेरो आस्था मेरो विश्वास मध्येको एक स्व रवीन्द्र अधिकारी प्रति सम्मान होइन अपमान हो,’ गुरागाईंले लेखेका छन्।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने घोषणा गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार