बिहीबार , साउन २१ गते २०८३

उत्तर कोरियामा कडा कानुन : विदेशी फिल्म हेर्ने र विदेशी पहिरन लगाउनेलाई मृत्युदण्डसम्मको सजाय

उत्तर कोरियामा कडा कानुन : विदेशी फिल्म हेर्ने र विदेशी पहिरन लगाउनेलाई मृत्युदण्डसम्मको सजाय

अखबार दैनिक
सोमबार, जेठ २४ २०७८
  • उत्तर कोरियामा कडा कानुन : विदेशी फिल्म हेर्ने र विदेशी पहिरन लगाउनेलाई मृत्युदण्डसम्मको सजाय

    उत्तर कोरियाले विदेशी प्रभाव रोक्न नयाँ कानुन ल्याएको छ । नेता किम जोङ उनले देशबासीमा विदेशी प्रभावालाई रोक्न पहिलेको भन्दा कडा कानुन ल्याएको बीबीसीले बताएको छ ।

    नयाँ कानुनमा विदेशी फिल्म हेर्नेदेखि, विदेशी पहिरन लगाउने र फरक तरिकाले बोल्ने या ‘स्ल्याङ’ भाषाको प्रयोग गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको बताइएको छ ।

    हालै मात्र राष्ट्रिय सञ्चारलाई पत्र लेख्दै युवामाझ अनुचित, असामाजिक व्यवहारहरुलाई कडा रुपमा नियन्त्रण गर्न देशप्रमुख किम जोङ उनले भनेका हुन् । यसमा उनले विदेशी बोली, कपालको स्टाइल, पहिरनसमेतलाई समाजको विष भनेर व्याख्या गरेका छन् ।

    अहिलेको नयाँ कानुन अन्तर्गत ठूलो मात्रामा दक्षिण कोरियाली, अमेरिकी या जापानी मिडियाका सामग्रीसँग कोही समातिएमा सो व्यक्तिलाई मृत्युदण्ड दिइनेछ भने त्यसरी विदेशी सामग्री हेर्नेलाई १५ वर्षसम्म जेलमा श्रमिकका रुपमा कैद गरिने बताइएको छ ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार