बिहीबार , साउन २१ गते २०८३

चे ग्वेभाराको जन्मदिनको अवसरमा "चे फोर्स नेपाल"को स्थापना

चे ग्वेभाराको जन्मदिनको अवसरमा "चे फोर्स नेपाल"को स्थापना

अखबार दैनिक
सोमबार, जेठ ३१ २०७८
  • चे ग्वेभाराको जन्मदिनको अवसरमा "चे फोर्स नेपाल"को स्थापना

    "चे फोर्स नेपाल"को स्थापना

    बिगत लामो समयदेखि चे ग्वेभाराक नाममा बहस तथा समाजिक कार्यहरू आफुलाई सक्रिय गराउँदै आएको युवाहरूको समूहले आज औपचारिकता ग्रहण गरेको छ । आज जुन १४ तारिकको दिन च्ये ग्वभाराको जन्मदिनको अवसर पारेर "चे फोर्स नेपाल" स्थापना भएको छ ।

    "विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेका चे ग्वेभाराको स्मरणमा उनको सम्मान स्वरुप उनको कार्यदिशामा एकवद्व भएका छौं । आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका च्ये ग्वभारा युवावर्गका लागि चिरस्थायी प्रेरणाको श्रोत हुन् ।" चे फोर्स नेपालको संस्थापक संदेश गिरिले बताउनुभयो ।

    युवा वर्गलाई लक्षित गरि स्थापना गरिएको"चे फोर्स नेपाल" बिगत ३ बर्ष देखि यसको स्थापनाका निम्ति विभिन्न थेसिस र बहसमा केन्द्रित रहि अनुसन्धानमुखी रहँदै आएकोले युवामाझ देखिएको राजनीतिप्रतीको नैरास्यताको अन्त्य र युवालाई नै राजनीतिमा प्रत्यक्ष संलग्नताका निम्ति आह्वान गर्न विभिन्न कार्यक्रम हुने कुरा संस्थापन पक्षले दावी गरेको छ ।

    "चे फोर्स नेपालले" अपनाउने सिद्धन्त मुख्यतः नेपाली माटो सुहाउँदो प्रजातन्त्र र चे ग्वेभाराको सिद्धान्तको नेपाली संस्करण हुनेछ भने यसको संचालनको विधि जनवादी केन्द्रीयतामा हुनेछ भन्ने जानकारी गराईएको छ । 

    IMG_20210614_041020.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार