बिहीबार , साउन २१ गते २०८३

एमालेभित्र जुट्दै सहमति

एमालेभित्र जुट्दै सहमति

अखबार दैनिक
शनिबार, असार ५ २०७८
  • एमालेभित्र जुट्दै सहमति

    लामो समयदेखिको आन्तरिक किचलोका कारण विभाजनको उत्कर्षमा पुगेको एमालेभित्र सहमति जुट्ने सङ्केत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दुई विपरीत ध्रुवतिर लागिरहेकै बेला आन्तरिक संवाद सकारात्मक देखिएको छ ।

    एमाले २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । नेपाल पक्षले जेठ २ मा फर्कने माग राखे पनि ओली पक्षले भने जेठ ३ अघिको एमालेमा फर्किन सकिने जनाउँदै आएकोमा मौखिक सहमति जेठ २ मै फर्किने भएको बताइएको छ ।

    मौखिक सहमतिमा कुनै अवरोध नआएमा पार्टी जोगिने एक नेताले बताए । नेपाल पक्षका एक नेताले २०७५ जेठ २ मा फर्किनको लागि मौखिक सहमति भएको बताएका छन् । उनले सहमतिमा अवरोध आउने नआउने पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निर्भर रहने पनि बताए ।

    २०७५ जेठ २ सम्म एमालेमा २ सय ३ केन्द्रीय सदस्य थिए। जेठ ३ मा २ सय ४१ पुर्‍याउन केन्द्रीय सदस्य थपिएका थिए। एमाले र माओवादी केन्द्रबीच एकीकरणमा माओवादीबाट २ सय थप भई ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो।

    नेपाल पक्षका अनुसार सर्वोच्चको मुद्दा, २०७५ जेठ ३ मा थपिएका ३८ केन्द्रीय सदस्य, २०७७ फागुन २८ मा थपिएका माओवादी केन्द्रबाट आएका २३ नेताको विषयबारे सहमति जुट्न बाँकी नै छ।

    सर्वोच्चले एमाले माओवादी केन्द्र साविककै हुने फैसला गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन २८ गते बादलसहित २३ जना सदस्य थपेर २६४ सदस्यीय केन्द्रीय समिति बनाएका थिए ।

    एमालेको संवाद निरन्तर जारी रहेको छ । स्रोतका अनुसार केही दिनभित्रै संवादलाई निष्कर्षमा पुर्‍याएर संयुक्त बैठक आयोजना गर्ने तयारी भइरहेको छ ।

    संवादमा ओली पक्षका सुवास नेम्बाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल छन् भने नेपाल पक्षका भीम आचार्य सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई छन् ।

    नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दिएको रिटमा नेपाल पक्षका २३ प्रतिनिधि सभा सदस्यले आफै उपस्थित भई देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार