बिहीबार , साउन २१ गते २०८३

सभामुख सापकोटाद्वारा बाढी पहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग

सभामुख सापकोटाद्वारा बाढी पहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग

अखबार दैनिक
शनिबार, असार ५ २०७८
  • सभामुख सापकोटाद्वारा बाढी पहिराको जोखिम बस्तीलाई स्थानान्तरण गर्न माग

    सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् ।

    गएरातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्‍याएको थियो । उनले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका हुन् ।

    यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा महानिर्देशक थापाले केही दिनभित्रै सडक सुचारु गरिने जानकारी दिए । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार