बिहीबार , साउन २१ गते २०८३

लकडाउन सहज बनाउनेबारे छलफल

लकडाउन सहज बनाउनेबारे छलफल

अखबार दैनिक
शनिबार, असार ५ २०७८
  • लकडाउन सहज बनाउनेबारे  छलफल

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा सहज बनाउने विषयमा काठमाडौँका व्यवसायीले जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् ।

    असार ७ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा यसपछि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको बेला नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका हुन् ।

    महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । ‘बिहान ९ बजेदेखि १ बजेसम्म होलसेल पसल खुला गर्ने अनि १ बजेदेखि साँझ ६ बजेसम्म खुद्रा पसल खुला गर्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘तर व्यापार व्यवसायमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गराउनु पर्ने सुझावमा उल्लेख गरिएको छ ।’

    मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ । व्यापारिक मलहरु हरेक दुई दिनमा पूर्ण स्यानिटाइज गर्ने, डिजिटल कारोबारलाई प्राथमिकतामा राख्ने लगायतका सुझाव सीडीओलाई दिएको उनले बताए ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुले बताएका छन् । कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको महासंघका अध्यक्ष कटुवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार