बिहीबार , साउन २१ गते २०८३

राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

अखबार दैनिक
शुक्रबार, असार १८ २०७८
  • राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

    राष्ट्रिय सभाका दुई जना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सात वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् ।

    जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रवार सात वटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् ।

    ती अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।

    उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावना विपरीत रहेको, संसदीय अभ्यास र मान्यता विपरीत रहेको लगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ । त्यस्तै, काँग्रेसले पनि अध्यादेश अस्वीकारको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार