बिहीबार , साउन २१ गते २०८३

आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

अखबार दैनिक
मंगलबार, असार २२ २०७८
  • आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

    काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको हो ।

    आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउँदै सार्वजनिक सवारी साधन, सानाठुला सबै गाडी चल्न दिने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सवारी साधन चलाउन पाइने छ ।

    यसैगरी निषेधाज्ञा १० थपेर थप खुकुलो बनाइएको छ ।

    यस्तै पूर्वनिर्धारित सबै किसिमका लिखित परीक्षाहरू पनि सञ्चालन गर्न पाइने भएको छ । परीक्षा सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्ने छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड अनिवार्य पालना गरे परीक्षा सञ्चालन गर्न पाइने छ । २५ जनाभन्दा बढी परीक्षा हलमा सहभागी गर्नुपर्ने भएमा सिफ्टवाइज सञ्चालन गर्ने । एउटा सिफ्टको परीक्षा सकिएपछि सबै विद्यार्थी परीक्षाहलबाट बाहिरिएपछि मात्रै अर्को अर्को सिफ्ट का व्यक्तिहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राखने

    स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुका साथै मास्क स्यानिटाइजरको उचित प्रयोग गर्ने र प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य निसंक्रमित गर्ने ।

    थप व्यवस्था

    1 (2).jpg

    2.jpg

    3 (1).jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार