बिहीबार , साउन २१ गते २०८३

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहनुपर्छ : प्रचण्ड

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहनुपर्छ : प्रचण्ड

अखबार दैनिक
बुधबार, भदौ २ २०७८
  • संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहनुपर्छ : प्रचण्ड

    काठमाडौं, २ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ ले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहन जरुरी रहेको बताएका छन्।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्पूर्ण उपलब्धिलाई धारासायी पार्ने प्रवत्ति कम्युनिस्ट पार्टी भित्रैबाट देखिएको र त्यसलाई परास्त गर्न आफूहरु सफल भएको भएपनि त्यसले पूर्णता पाउन नसकेको बताएका छन ।

    प्रचण्डले प्रतिगमन अहिले परास्त भएको भएपनि यो अन्तिम विजयी नभएको बताएका छन । ‘प्रतिगमन अहिलेलाई परास्त भएको छ। संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षागर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृति अहिले फेरि विजयी भएको छ, तर यो अन्तिम विजय होइन’, प्रचण्डले भने, ‘यो यात्रा, यो लडाइँ हाम्रो लामो छ। त्यसैले आफूलाई लामो लडाइँको निम्ति तयार गर्न जरुरी छ।’

    प्रचण्डले कम्युनिस्ट आन्दोलनको झन्डा सँगसँगै राष्ट्रिय एकताको झन्डा उठाउने बताएका छन । अहिले सबै सकारात्मक विचार राख्ने शक्तिलाई एकतावद्ध गर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार