बिहीबार , साउन २१ गते २०८३

कांग्रेसले यसपालि चियापान नगर्ने

कांग्रेसले यसपालि चियापान नगर्ने

अखबार दैनिक
बिहीबार , असोज २१ २०७८
  • कांग्रेसले यसपालि चियापान नगर्ने

    काठमाडौं, २१ असोज, सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने भएको छ। हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।

    कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै कांग्रेसले चियापान कार्यक्रम नगर्ने बताएको छ। कांग्रेसले अन्य दलका नेताहरूलाई पनि बोलाएर चियापान कार्यक्रम गर्ने गरेको थियो।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसपालि चियापान कार्यक्रम नगरिने बताएका हुन्। साथै कोरोनाविरूद्ध खोप अभियानमा जुट्न कांग्रेसले सबैलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार