बिहीबार , साउन २१ गते २०८३

काँग्रेसको केन्द्रीय सदस्यमा रामदेवी खड्काको उम्मेदारी

काँग्रेसको केन्द्रीय सदस्यमा रामदेवी खड्काको उम्मेदारी

अखबार दैनिक
बिहीबार , मंसिर २३ २०७८
  • काँग्रेसको केन्द्रीय सदस्यमा रामदेवी खड्काको उम्मेदारी

    काठमाडौ/ नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको रौनक बढिरहेको छ। केन्द्रीय नेतृत्व चयन गर्नका लागि देशभरबाट संघीय राजधानी काठमाडौँ पुग्ने क्रम जारी छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा पदभन्दा बढि नेतृत्वका आकांक्षिहरु देखिएका छन्।

    उम्मेदार छान्ने नेतृतवलाई सकस परिरहेको देखिन्छ। यसपालि जुम्लाले जुम्लाले कांग्रेसको केन्द्रीय नेतृत्वमा कस्तो अवस्था र्सिजना गर्छ रु कसरी अघि बढ्छ रु भन्ने प्रसँग उठिरहेको बेला नेपाली कांग्रेस जुम्लाकी युवा नेता, नेपाल निमार्ण व्यावसायी महासंघकी केन्द्रीय सदस्य तथा संघर्षशील महिला रामदेवी खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्।

    खड्काले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पदका बारेमा, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाहरुको उपस्थिति, जिम्मेवारी प्रदानका विषयमा, असल र सफल नेतृत्व निमार्ण जस्ता विषयमा शसक्त भूमिका रहने बताएकी छन्। साथै देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छन्। उनी ०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्द सूचिमा परेकी थिइन। उनी सफल र संघर्षशील निर्माण व्यावसायी पनि हुन्।

    विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय नेता खड्काले आफ्नो उम्मेदारी पार्टीलाई बलियो बनाउनका निम्ति भएको बताउछिन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार