बिहीबार , साउन २१ गते २०८३

अजिरकोटमा माओवादीले अघि सार्यो : जनताको पालिका, जनमुखि नीति

अजिरकोटमा माओवादीले अघि सार्यो : जनताको पालिका, जनमुखि नीति

अखबार दैनिक
सोमबार, वैशाख २६ २०७९
  • अजिरकोटमा माओवादीले अघि सार्यो : जनताको पालिका, जनमुखि नीति

    गोरखा, २६ बैशाख । नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गाेरखाले संकल्प पत्र सार्वजनिक गरेकाे छ । ‘समाजवादी यात्रा, नयाँ थिति : जनताको पालिका, जनमुखि नीति’ भन्ने मूल नाराका साथ संकल्प पत्र सार्वजनिक गरेकाे हाे ।

    संकल्प पत्रमा शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, सिंचाई तथा भूमिसुधार, विद्युत तथा उर्जा, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास, श्रम तथा राेजगार, साजिक सुरक्षा, वाताबरण संरक्षण तथा पहिराे नियन्त्रण, सुचना तथा संचार प्रविधि, सार्वजनिक सेवा प्रवाह, सुसाशन र पारदर्शिता, संस्कृति र पर्यटन, खेलकुद, बसाई सराई नियन्त्रण तथा व्यवस्थित ग्रामिण बसाेबास र विविधपक्षलाई समेटेर संकल्प पत्र सार्वजनिक गरेकाे हाे ।

    सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मूख्य योजना छ । संकल्प पत्रमा प्रविधिमैत्री प्रशासनीक काम र सेवाहरू आफ्नौ एकीकृत कम्युटर सफ्टवेयर प्रणाली र मेरो अजिरकोट एप्स मार्फत ई–गर्चरनेन्स्को योजना रहेको अध्यक्ष पदका उम्मेदवार दीपक देवकाेटा बताँउछन् ।

    गाउँपालिका भित्र उपयुक्त स्थानमा एफ.एफ सञ्चालन गर्नेदेखि निश्नित समय विद्यार्थीकालाई फ्रि-वाइफाइ, सरकारी कार्यालय, सार्वजनिक संस्था र टाेल टाेलमा उच्च गतिकाे इन्टरनेट सेवा विस्तार गरिने संकल्प पत्रमा समेटिएकाे छ ।

    सार्वजनिक सेवा प्रवाहमा सुशासन र पारदर्शिता अपनाउदैं वडा कार्यालय निर्माण, वडा कार्यालय तथा सार्वजनिक निकायहरबाट प्रवाह हुने सेवालाई अत्याधुनिक, सर्वसुलभ र प्रविधियुक्त बनाउने लक्ष्य रहेको छ । कर्मचारीलाई जनतालाई सेवा दिन उत्तरदायी संयन्त्रको रूपमा विकास गर्दै उत्कृण र जनमुखी कार्य सम्पादनको लागि अभिप्रेरित गरि सार्वजनिक सेवामा हुने अनियमतता, ढिलासुस्ति निषेध गर्ने लक्ष्यसमेत छ ।

    गाउँपालिकाको कार्यलयमा हेल्प डेक्स स्थापना गरि छिटो छरितो सेवा प्रवाह गर्ने, पाँच वटै वडामा घुम्ति तथा बैंकिङ्ग प्रणाली मार्फत सेवा विस्तार गरि सेवा प्रदान गर्ने, सबै वडामा कर तिर्न वडा कार्यालयबाट नै डिजिटल सेवा मार्फत भुक्तानीको प्रवन्ध मिलाउने संकल्प पत्रमा उल्लेख छ ।

    सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई हालको झन्टझटिलो र अव्यहारिक नीतिलाई संसोधन गरि व्यहारिक बनाउदैं टोलटोलमा पुगेर भत्ता वितरण गर्ने साथैं पालिका स्तरिय सामाजिक सुरक्षा रणनीति बनाई कार्यन्वन गर्ने लक्ष्य रहेको उल्लेख छ । हरेक वडामा हरित पार्क निर्माण गर्ने, पालिकाभरका सामुदीयक वनकाे संस्थागत विकास गर्दै जडिबुटिकाे पहिचान, संरक्षण, संकलन प्रशाेधन र विक्रि प्रबन्धका लागि विशेष कार्यक्रम निर्माण गरिने लक्ष्य रहेकाे छ ।

    बैदेशिक राेजगारबाट फर्किएका यूवाहरुलाई सीप र क्षमताका आधारमा स्वरोजगार बनाउने तथा उद्यमशिलताका लागि प्रोत्साहन गर्न उचित खालको कार्यक्रम लागु गर्ने, वैदेशिक रोजगारीमा गएका परिवारको अधिलेख संकलन गरि उनीहरूको पुँजी र सीपलाई स्थानीय आबश्यकता र विकास तथा समाजिक कार्यक्रममा उपयोग गर्ने नीति छ ।

    भूपु सैनिकको लगानी र सहभागितामा पालिकाभित्र नमूना कार्यक्रम, शैक्षिक सेवा आयोग, लोक सेवा आयोगको तयारी कक्षा पालिका भित्र नै गर्ने, देश तथा विदेका सुरक्षा निकायमा जान चाहाने युवाहरूका लागि पालिकाभित्र नै प्रशिक्षण लातिमको व्यबस्था गर्ने र वैदेशिक राेजगारलाई क्रमश निरूत्साहित गर्दै लैजाने संकल्प पत्रमा उल्लेख छ ।

    पालिका भित्रका सबै सडक पाँच बर्षभित्र कालोपत्रे गर्ने, अजिरकोटका हरेक वस्ति र टोलहरू जोड्ने कृषी र हरित सडक पुर्याउने, एकीकृत पालिका स्तरिय सडक सञ्जाल र राष्ट्रिय राजमार्गसंग जोडने गरि तल्लो क्षेत्रका वस्ति समेटेर वाहिरि चक्रपथ र माथिल्लो भेगलाई जोड्ने गरि भित्रि चक्रपथ निर्माण गर्ने लक्ष्ण छ ।

    आगामी पाँच बर्षभित्र अजिरकोलाई पूर्ण साक्षर पालिका बनाउने, सामुदायीक सिकाई केन्द्रको स्तर उन्नति र क्षमता अभिबुद्वि गर्ने, आवश्यकता अनुसार घुम्ति सिकाई कार्यक्रम लागु गर्ने, पालिका स्तरिय एकीकृत सुविधा सम्पन्न नमुना प्राविधिक शिक्षा तथा सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने, पालिका स्तरीय शिक्षक तालिम केन्द्र संचालन गर्ने, चौमासिक रूपमा भुक्तानि हुदै आएको विद्यालयका शिक्षक तथा कर्मचारीको तलबलाई विद्यमान व्यबस्था संसोधन गरि मासिक भुक्तानि दिने, पालिका प्रमुखको संयोजकत्वमा सार्वजनिक विद्यालय निरक्षण तथा अनुगमन इकाई बनाई नियमित विद्यालय निरिक्षण र अनुगमन गरि सार्वजनिक शिक्षाको स्तर वुद्वि गर्ने संकल्प पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार