बिहीबार , साउन २१ गते २०८३

माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी

माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी

बिहीबार , असार २३ २०७९
  • माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी

    काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज प्रज्ञा भवनमा बस्न लागेको छ । दुई दिन लगातार स्थगित भएको बैठक आज बिहान ११ बजे बोलाइएको छ। पदाधिकारी र स्थायी समिति सदस्यमा सहमतिका लागि छलफल गर्न मंगलबार बैठक स्थगित गरिएको थियो।

    त्यस्तै, बुधबार शीर्ष नेतृत्व प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने भएकाले स्थगित गरिएको जनाइएको थियो। प्रतिनिधि सभा बैठकमा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

    प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। दोस्रो दिन असार २० गते त्यसमाथि केन्द्रीय सदस्यले धारणा राखेका थिए।

    आजको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समितिको नाम प्रस्ताव गर्ने तयारी रहेको जनाइएको छ। माओवादी पूर्व स्थायी समितिका सदस्यको बैठकले यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

    गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्यको टुंगो लगाएको भए पनि पदाधिकारी, स्थायी समिति सदस्य र पोलिट ब्यूरो सदस्य तय गर्न बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार