बिहीबार , साउन २१ गते २०८३

‘भोलिको सहर’ जोखिममुक्त बनाउने अभियानमा संलग्न विज्ञको सम्मेलन सुरु

‘भोलिको सहर’ जोखिममुक्त बनाउने अभियानमा संलग्न विज्ञको सम्मेलन सुरु

अखबार दैनिक
मंगलबार, कात्तिक १५ २०७९
  • ‘भोलिको सहर’ जोखिममुक्त बनाउने अभियानमा संलग्न विज्ञको सम्मेलन सुरु

    कात्तिक १५ काठमाण्डौं । विकासका नाममा अव्यवस्थित सहरीकरण बढिरहेका बेला नेपालमा ‘भोलिको सहर’लाई जोखिममुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञको सम्मेलन सुरु भएको छ। ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन” नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिक सहभागी छन्।

    जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही सहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् ।


    ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको सहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतीबारे स्पष्ट पार्नेछन् । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा सुरु भएको भोलिको सहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आकलन गर्नेछ।

    सम्मेलनमा सहभागी बेलायतमा रहेको इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको देशमा पर्ने भएकाले नेपालको नेतृत्वले आउँदो दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताउनुभयो।

    नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु बर्सेनि बढिरहेकाले नेपालले प्राकृतिक विपदमैत्री विकास गर्न आवश्यक रहेको बताउनु भयो । त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन ग्लासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताउनु भयो ।

    एनसेटका उपकार्यकारी निर्देशक डा.रमेश गुरागाईँले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको सहर ९टुमरो सिटी० परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा देशका केही सहरमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार