कार्तिक १८ काठमाडौँ । माओवादीका अध्यक्ष प्रचण्डलाई पार्टीले समर्थन गरेपछि करीव ८० वर्ष आफू संलग्न रहेको पार्टी नेपाली कांग्रेस छाडेर विपी कांग्रेसबाट उम्मेदवार बनेका गोरखा कांग्रेसका ‘शताब्दीपुरुष’ टिकादत्त पोखरेलले कात्तिक १५ गते आफ्नो सयौँ वर्ष प्रवेशको जन्मदिन मनाएका छन् । सय वर्ष प्रवेशको जन्मदिन मनाएलगत्तै पोखरेलले आफ्नो उम्मेदवारी प्रचण्डविरुद्ध एमालेले खडा गरेका अब्दुस मियाँलाई समर्थन गर्दै निष्क्रिय बनाएको घोषणा गरे ।
आफूले ८० वर्षभन्दा बढी समय काम गरेको पार्टी छाडेर पोखरेलले सय वर्ष पुगेपछि प्रचण्डविरुद्ध एमालेलाई समर्थन गरेको बताए । पोखरेलले गोरखाको विकासका लागि मियाँलाई साथ दिनुपर्ने बताउँदै आफूले उम्मेदवारी निष्क्रिय गर्ने बताए ।