बिहीबार , साउन २१ गते २०८३

प्रचण्डविरुद्ध उठेका कांग्रेस नेताले मनाए सयौँ जन्मदिनः एमालेका अब्दुसलाई गरे समर्थन

प्रचण्डविरुद्ध उठेका कांग्रेस नेताले मनाए सयौँ जन्मदिनः एमालेका अब्दुसलाई गरे समर्थन

अखबार दैनिक
शुक्रबार, कात्तिक १८ २०७९
  • प्रचण्डविरुद्ध उठेका कांग्रेस नेताले मनाए सयौँ जन्मदिनः एमालेका अब्दुसलाई गरे समर्थन

    कार्तिक  १८ काठमाडौँ । माओवादीका अध्यक्ष प्रचण्डलाई पार्टीले समर्थन गरेपछि करीव ८० वर्ष आफू संलग्न रहेको पार्टी नेपाली कांग्रेस छाडेर विपी कांग्रेसबाट उम्मेदवार बनेका गोरखा कांग्रेसका ‘शताब्दीपुरुष’ टिकादत्त पोखरेलले कात्तिक १५ गते आफ्नो सयौँ वर्ष प्रवेशको जन्मदिन मनाएका छन् । सय वर्ष प्रवेशको जन्मदिन मनाएलगत्तै पोखरेलले आफ्नो उम्मेदवारी प्रचण्डविरुद्ध एमालेले खडा गरेका अब्दुस मियाँलाई समर्थन गर्दै निष्क्रिय बनाएको घोषणा गरे ।

    आफूले ८० वर्षभन्दा बढी समय काम गरेको पार्टी छाडेर पोखरेलले सय वर्ष पुगेपछि प्रचण्डविरुद्ध एमालेलाई समर्थन गरेको बताए । पोखरेलले गोरखाको विकासका लागि मियाँलाई साथ दिनुपर्ने बताउँदै आफूले उम्मेदवारी निष्क्रिय गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार