बिहीबार , साउन २१ गते २०८३

७० करोडको काण्डपछि कति छ काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बाँस्कोटाको चुनाव जित्ने सम्भावना ?

७० करोडको काण्डपछि कति छ काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बाँस्कोटाको चुनाव जित्ने सम्भावना ?

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • ७० करोडको काण्डपछि कति छ काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बाँस्कोटाको चुनाव जित्ने सम्भावना ?

    कार्तिक २१ काभ्रे । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनी यसअघिको संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा चुनिएका थिए।

    उनी चुनाव जिते लगत्तै बनेको सरकारमा सञ्चार तथा सूचना प्रविधि भए । जब सञ्चार मन्त्री भए, बाँस्कोटा निरन्तर विवादित बन्न थाले। उनले दिएका प्रायजसो अभिव्यक्तिहरू विवादमा तानिन थाले।

    बाँस्कोटा जति समय सञ्चार मन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो साबित हुन पुग्यो। ०७६ साल फागुनमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा उनले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो बाहिरिएको थियो । अडियोमा सो मेसिन खरिद गरेबापत ७० करोड ‘घूस’ मागेको स्पष्ट सुनिन्थ्यो। त्यसपछि उनी झनै आलोचित बन्न पुगे। अन्ततः उनले मन्त्री पदबाटै राजीनामा दिनुपर्‍यो।

    यसरी भ्रष्टाचारको आरोप लागेका बाँस्कोटाको ‘क्रेज’ काभ्रेमा पहिलेभन्दा घटेको बताइएको छ । त्यसैले पहिलेजस्तो अहिले उनका लागि जित सहज भने छैन ।

    एकातिर सत्ता गठबन्धन, अर्कोतर्फ एमाले पार्टी नै विभाजित रहेको अवस्थामा उनलाई जित हात पार्न कठिन देखिन्छ।

    २०७४ सालको चुनावमा भने एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार बनेका कारण बाँस्कोटालाई सहज भएको थियो। उनी ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए।

    बाँस्कोटासँगको प्रतिस्पर्धामा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार शिव हुमागाईँ र स्वतन्त्र उम्मेदवार मनोज पण्डित छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार