बिहीबार , साउन २१ गते २०८३

चुनाव बहिस्कार गरौँ भन्दै पोष्टर टाँसेपछि...

चुनाव बहिस्कार गरौँ भन्दै पोष्टर टाँसेपछि...

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • चुनाव बहिस्कार गरौँ भन्दै पोष्टर टाँसेपछि...

    कार्तिक २१ बझाङ । बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

    सदरमुकाम चैनपुर अदालतनजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेका हुन्।

    उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौँ। एमसिसिका मतियारलाई मतदान नगरौँ लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए। यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो।

    पटक पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाती सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ।

    एमसीसी मतियारहरुलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आज राँके जुलुस निकालेको बताइएको छ।

    देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाइ छ। यता, पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको र गृह मन्त्रालयको आदेशअनुसार प्रक्रिया अगाडि बढाइने वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार