बिहीबार , साउन २१ गते २०८३

सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहार !

सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहार !

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहार !


    कार्तिक २२ पोखरा । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ।

    मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन्।

    कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ।

    अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जनाएको छ।

    प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको बताइएको छ।

    नियन्त्रणमा लिएका खत्रीलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार