बिहीबार , साउन २१ गते २०८३

एक गाग्रो पानी ल्याउन तीन घण्टा प्रदेश

एक गाग्रो पानी ल्याउन तीन घण्टा प्रदेश

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • एक गाग्रो पानी ल्याउन तीन घण्टा प्रदेश

    सर्लाही । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, भालुखोप र जलकिनीका स्थानीयवासी वर्षौंदेखि दूषित पानी पिउन बाध्य छन्। 

    हिउँदमा एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ। सुक्खायाम सुरु भएसँगै अहिले त्यहाँ बस्ती नजिकै रहेको कुवामा पानी आउन छाडेको छ। गाउँलेले तीन घण्टा हिँडेर लखन्देही खोलाको दुषित पानी ल्याएर पिउन बाध्य भइरहेका छन्। खानेपानीको अभावले अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी नारायण पुलामीले जानकारी दिनुभयो। 

    बिहान भाले बास्नासाथ स्थानीयहरू पानी लिन खोलामा पुग्ने गरेको पुलामीले बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो धेरै पुस्ताले पानीको अभाव झेल्दै आएको छ, हाम्रो खानेपानीको समस्या कसैले पनि देखेन।” एक गाग्रो पानीका लागि भालुखोप र जलकिनीवासीको आधा दिन बित्छ। पानीकै अभावले त्यहाँका बासिन्दाले शौचालयसमेत प्रयोग गर्न पाएका छैनन् र सरसफाइका लागि पनि उत्तिकै समस्या छ। गाउँ नजिकको कुवामा पानी सुकेपछि अहिले स्थानीय गाउँदेखि चार किलोमिटर उत्तरमा रहेको लखन्देही खोलाबाट पानी ओसार्न बाध्य भइरहेको जलकिनीकी सीता आलेले बताउनुभयो। 

    उहाँले भन्नुभयो, “यहाँ पानी ओसारेरै धेरै महिला दिदीबहिनीहरू ढाडका रोगी भइसक्नुभयो, पानी नभई पनि हुँदैन हामीले धेरै नै दुःख पाइरहेका छौँ, कसैले देख्दैन।” गाउँमा कात्तिक, मङ्सिरदेखि सुक्ने कुवामा अब वर्षा लागेपछि मात्रै पानी आउँछ। स्थानीयले तीन घण्टा पैदल हिँडेर ल्याउने पानी पनि खोलाको दुषित पानी हो। 

    चुनावको समयमा स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरूले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिएको भए पनि त्यो पूरा नभएको स्थानीयहरू बताउँछन्। भालुखोप र जलकिनी दुवै बस्ती अहिले नगरपालिका भए पनि स्थानीयले सहज रूपमा खानेपानीसम्म पाउन सकेका छैनन्। 

    लालबन्दी नगरपालिका–१३ का वडाध्यक्ष दुर्गाबहादुर आले भालुखोप र जलकिनीसम्म खानेपानी पु¥याउन स्थानीय सरकारको बजेटले मात्रै नपुग्ने बताउनुहुन्छ। “भौगोलिक रूपमा ती ठाउँ निकै विकट छन्, त्यसैले हामीले मात्रै खानेपानी पु-याउन सक्ने अवस्था छैन्।” वडाध्यक्ष आलेले गोरखापत्रसँग भन्नुभयो, “प्रदेश र सङ्घीय सरकारको सहयोग भएको खण्डमा मात्रै त्यहाँ खानेपानी पु-याउन सकिन्छ।” 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार