बिहीबार , साउन २१ गते २०८३

पेनकिलर बनाउँदा कोकाकोला !

पेनकिलर बनाउँदा कोकाकोला !

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • पेनकिलर बनाउँदा कोकाकोला !

    विश्वको एक सर्वाधिक लोकप्रिय पेय पदार्थ कोकाकोलासँग असामान्य इतिहासको गाथा पनि छ। सन् १८६६ मा अमेरिकी औषधिविज्ञ जोन पेम्बर्टन दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ बनाउने प्रयासमा लागेका थिए। गृहयुद्धमा पेम्बर्टनलाई नराम्रोसँग चोट लागेको थियो। जस कारण उनले पीडाबाट मुक्ति पाउन अफिममा आधारित मर्फिनको सहारा लिनु पर्ने भयो तर पेम्बर्टन अफिम नभएको वैकल्पिक पीडाहरक औषधि बनाउन चाहन्थे। 

    पेम्बर्टनले पहिलो उत्पादन तयार पारे, जसलाई उनले भने, पेम्बर्टनको फ्रेन्च वाइन कोका। यसमा केही यस्ता अवयव थिए जो आजको कोकाकोलामा छैनन्। कोका वाइनमा कोका वनस्पतिको कोकाइनयुक्त पात तथा शरीरलाई स्फूर्ति प्रदान गर्ने केफिनयुक्त कोला नटसँगै अल्कोहल थियो। 

    पेम्बर्टनले बनाएको फ्रेन्च वाइन लोकप्रिय भयो तर जब उनको गृहराज्य जर्जियामा मुख्यगरी अल्कोहलमाथि प्रतिबन्ध लगाउने  ‘टेम्परन्स मुभमेन्ट’ चर्कियो उनले अल्कोहलरहित विकल्प विकास गर्नुपर्ने भयो। उनले वाइनलाई ‘सुगर सिरप’ले प्रतिस्थापित गरे तथा आफूले तयार पारेको मिश्रणमा गल्तीले कार्बोनेटेड पानी मिसाइदिए। त्यसलाई चाखेपछि पेम्बर्टनले आफूले तयार पारेको पेय पदार्थलाई औषधि प्रयोजनका लागि होइन कि ‘फाउन्टेन ड्रिङ्क’ का रूपमा बिक्री वितरण गर्ने निर्णय लिए किनभने नयाँ पेय पदार्थले शरीरलाई गजबको स्फूर्ति दिन्थ्यो। उनले त्यसको नाम राखे– कोकाकोला। कोकाकोला राख्नुको कारण के थियो भने त्यसमा सुरुमा पेय पदार्थ बनाउँदा प्रयोग गरिएका अवयवलाई निरन्तरता दिइएको थियो। 

    दुर्भाग्य नै भन्नुपर्छ पेम्बर्टन निकै अस्वस्थ भए। उनी मर्फिनको सहारामा बाँचिरहेका थिए र आफूले कोकाकोला आविष्कार गरेको दुई वर्षमै गरिब अवस्थामा उनले अन्तिम सास लिए। त्यतिबेलासम्म उनले आफ्ना सेयर आफ्नो व्यापारिक साझेदार एसा ग्रिग्स क्यान्डलरलाई बेचिसकेका थिए र उनले कोकाकोलालाई अमेरिकाको सर्वाधिक सफल कम्पनी बनाइदिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार