एजेन्सी - भारतको मध्य प्रदेशको जबलपुरमा मालवाहक रेल लिकबाट बाहिरिएको छ । रेल ठुलो दुर्घटनाबाट जोगिएको छ ।
रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजीले भरिएको मालवाहक रेलका दुई वटा डिब्बा लिकबाट बाहिरिएको हो ।
पश्चिम मध्य रेलवेका सिपिआरओ राहुल श्रीवास्तवले भने, ‘गए राती सामान उतार्ने क्रममा एलपीजीले भरिएको मालगाडीका दुई वटा गाडी लिकबाट बाहिरिएको थियो । घटनापछि रेलको आवतजावतमा प्रभावित भएको छैन । बिहान हुने बित्तिकै अधिकारीलाई रेखदेखमा मर्मतको काम सुरु गरिएको थियो ।’
यसअघि ओडिशाको बालासोरमा तीन वटा रेल दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।