आइतबार, भदौ १४ गते २०८३

यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

    काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को ओएसटी गीत ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर छ । गीत भिडियोमा फिल्मका केही दृश्यहरु पनि समावेश गरिएको छ । असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अभिनेता विजय लामाले न्युड सिन दिएको चर्चा छ ।

    साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मले सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि’ को कथालाई फिल्ममा समावेश गरिएको छ ।

    नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

    फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राइ, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायाँकन, रुपेश गुरुङको सम्पादन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ