आइतबार, भदौ १४ गते २०८३

गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ सार्वजनिक (भिडियोसहित)

गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ सार्वजनिक (भिडियोसहित)

अखबार दैनिक
मंगलबार, जेठ ३० २०८०
  • गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं : युवा गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गायक शाहीको आफ्नै युट्युव च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक भएको हो।


    गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ। पर्पल स्टुडियोमा रेकर्डिङ्ग गरिएको गीतको ध्वनी सम्पादन सुमन खड्काले गरेका हुन्।

    गीतको भिडियोमा टिकटकबाट चर्चामा आएकी मोडल मिस पवी, मिस्टर नेपाल आइकनका विजेता विनायकराज पोखरेल, कुमार रेग्मी र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ। उत्तम हुमागाईँको छायाँकन र विष्णु खड्का सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।

    ‘कता हिँडेकी’ नेपाली लोक शैलीलाई आधार बनाएर तयार गरिएको आधुनिक गीत हो। एकजना युवकले आफुलाई मन परेकी युवतीलाई आफ्नो बसमा पार्न अनेकौं भावना अभिव्यक्त गरेको कथा गीतमा समेटिएको छ। अपराध अनुसन्धान महाशाखामा कार्यरत युवतीले माया गरेजस्तो गरी लागुऔषध कारोबारमा संलग्न उक्त युवकलाई कानुनी दायरामा ल्याएको सन्देश भिडियोमा दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ