आइतबार, भदौ १४ गते २०८३

रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो

रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो

अखबार दैनिक
शुक्रबार, असार २९ २०८०
  • रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो

    काठमाडौंँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको गीत स्वरसम्राट नारायण गोपालले विसं २०४५ मा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए ।

    नारायणगोपाल संगीत कोषसँंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल दीपक भट्टको अभिनय छ । सुव्रत  आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ