आइतबार, कात्तिक २५ गते २०८२

नयाँ जिन्स कहिल्यै हुने छैन पुरानो, यसरी धुनुहोस्

नयाँ जिन्स कहिल्यै हुने छैन पुरानो, यसरी धुनुहोस्

अखबार दैनिक
मंगलबार, साउन २३ २०८०
  • नयाँ जिन्स कहिल्यै हुने छैन पुरानो, यसरी धुनुहोस्

    एजेन्सी  - आजकाल जिन्सको पाइन्ट नहुने कोही व्यक्ति नहोला । यो अरू कपडाको तुलनामा थोरै महँगो त हुन्छ नै, यसलाई विशेष हेरचाहको आवश्यकता पनि पर्छ । तपाईंले यसलाई अरू लुगा झैँ सधैँ धुन थाल्नुभयो भने यो एक–दुई दिनमै पुरानो देखिन थाल्छ । त्यसैले तपाईंले यसलाई वर्षौँसम्म नयाँ जस्तै राख्न चाहनुहुन्छ भने यहाँ केही यस्ता टिप्सबारे जानकारी दिइएको छ जसले तपाईंलाई सहयोग गर्न सक्छ । 

    जिन्सलाई यसरी धुनुहोस्
    जिन्सलाई सकेसम्म कमै धुने प्रयास गर्नुहोस् । तर फोहोर भयो भने एउटा बाल्टीमा चिसो पानी लिनुहोस् र त्यसमा लिक्विङ डिटर्जेन्ट हाल्नुहोस् । अब यसलाई घोल्नुहोस् र जिन्सलाई यसमा डुबाउनुहोस् ।

    जिन्सलाई धेरै निचोर्नु र रगड्नु पर्दैन । तपाईंले यसलाई सफा पानीले पखाल्नुहोस् । अब एक बाल्टी पानी लिनुहोस् र त्यसमा कम्तीमा आधादेखि एक कप सेतो भिनेगर हाल्नुहोस् । त्यसपछि धोएको जिन्स हालेर पाँच मिनेटका लागि यत्तिकै छोडिदिनुहोस् ।

    अब तपाईं यसलाई पानीबाट निकाल्नुहोस् र निचोर्नुको साटो धारा वा यस्तो ठाउँमा राख्नुहोस् जहाँबाट यसको पानी बिस्तारै निख्रिन थाल्छ । अब यसलाई ह्याङ्गरमा राख्नुहोस् र हावामा राखिदिनुहोस् । 

    वास्तवमा, सेतो भिनेगरले रङ खुइलिन दिँदैन । यसले प्राकृतिक सफ्टनरको रूपमा काम गर्छ । त्यसैले जिन्स धुने बेला यसको प्रयोग गर्दा जिन्स लामो समयसम्म नयाँ जस्तै देखिनेछ  र नरम पनि हुन्छ । 

    जिन्स धुँदा यी कुरामा ध्यान दिनुहोस्
    जिन्सलाई सकेसम्म कम धुने प्रयास गर्नुहोस्
    यसलाई धुने बेला सधैँ उल्टो पारेर मात्रै धुनुहोस्
    यसलाई सिधै घाममा नसुकाउनुहोस्
    यसमा आइरन लगाउन चाहनुहुन्छ भने कपडामाथि पत्रिका राखेर प्रेस गर्नुहोस्

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ