बुधबार, जेठ २ गते २०८२

एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन, संयोजकमा ठकुरी

एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन, संयोजकमा ठकुरी

अखबार दैनिक
बिहीबार , साउन २५ २०८०
  • एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन, संयोजकमा ठकुरी

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो । 
    समितिमा अरुण अधिकारी, मानबहादुर सुनार, प्रकाश थापा, गीता विष्ट, विनोद रत्न तुलाधर, कुमार श्रेष्ठ र नवराज श्रेष्ठ रहेका छन् । 

    images

    एनआरएनए यूएई नेपाल एसोसिएसनको नाममा दुबई र नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मान्यता पसंस्था हो । आम नेपाली श्रमिकहरुको स्वयंसेवी सेवा र सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष विकास शाहीले जानकारी दिए ।

    समितिले स्थानीय प्रहरी, स्थानीय सम्वन्धित निकायहरु, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी रोजगारीको सिलसिलामा युएई आएर समस्यामा परेका वास्तविक पिडीत नेपालीको राहत सहयोग र उद्दारका लागि काम गर्ने शाहीको भनाइ छ । 

    आपतमा परेका वास्तविक पीडीतहरुले संयोजक तथा सदस्यहरुलाई  सिधा सम्पर्क गर्न सक्नेछन् । 

    366538053_183826138039141_7110461666443031693_n_MLqHfBmXmk.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ